प्रदेश १ मा ‘भिजिट नेपाल २०२०’को उद्धघाटन यसरी….

विराटनगर । प्रदेश १ मा पर्यटन वर्ष २०२० को सुभारम्भलाई भव्य बनाउने तयारी आयोजकले गरेको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले उद्धघाटनलाई भव्य बनाउन समिति र सबै उपसमिति लागेको बताएको छ ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले उद्धघाटनका लागि समिति र सरकारले सबै तयारी भरपुररुपमा गरेको र उद्धघाटनलाई विषेश बनाउने बताए । ‘यो उद्धघाटननै भव्य हुन्छ, त्यसपछि प्रत्येक दिन र महिना प्रदेश भर विभिन्न कार्यक्रम हुन्छ, पर्यटकको मनमा बस्ने कार्यक्रम र योजना हाम्रो छ,’ मन्त्री कुसियतले भने ।

२०२० को पहिलो दिन विराटनगर स्थित शहिद रंगशालामा दश हजार प्रदेशबासीको उपस्थितीमा भ्रमण वर्षको विषेश उद्धघाटनको तयारी रहेको मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले बताए । ‘उद्धघाटन हेलिकोप्टरबाट पुष्प बृष्टि सँगै ड्रोन, हेलिकोप्टर र बेलुनबाट भ्रमण वर्षको झण्डा फहराएर गर्ने तयारी छ, सेना र प्रहरीले झण्डा, भ्रमण वर्षको लोगो आकारमा मार्चपास गर्नेछन्, प्रदेश १ चिनाउँने बृत्तचित्र र गीत पनि प्रस्तुत हुन्छ,’ संयोजक अधिकारीले उद्धघाटनको खाँका सुनाए ।

भ्रमण वर्षको उद्धघाटन कार्यक्रममा सहभागी हुन परराष्ट्र मन्त्रालय मार्फत छिमेकी देश भारतका प्रदेश १ सँग जोडिएका प्रन्त प्रमुख सहित पर्यटन व्यवसायीलाई पनि निमन्त्रण गरिएको संयोजक अधिकारीको भनाई छ । ‘उद्धघाटन भव्य हुन्छ, विशिष्ठ व्यक्तिलाई आमन्त्रण गरिएकोछ, प्रदेश १ का १४ वटै जिल्लामा उत्पादित बस्तुको स्टल पनि राख्ने तयारी छ भने विभिन्न जात जातिको झाँकी, साइकल÷मोटरसाइकल ¥यालीको पनि आयोजना गरिएको छ,’ उनले भने ।

जनवरी १ को मध्यान्न १२ वजे उद्धघाटन गर्ने र त्यस पछिका दिनमा प्रदेश १ का विभिन्न जिल्लामा जिल्लालाई चिनाउँने महोत्सव, मेला र पर्यटक स्वागत सत्कार लगायतका कार्यक्रम जारी रहने पर्यटन मन्त्रालयका सचिव सञ्जिव कुमार राईले बताए ।

भ्रमण वर्ष २०२० मा प्रदेश १ ले पाँच लाख पर्यटक भित्र्याउने लक्ष केन्द्र सरकारले दिए पनि प्रदेश १ सरकारले २० लाख सम्म पर्यटक एक वर्षमा भित्र्याउन सक्ने पर्यटक व्यवसायी समेत रहेका धार्मिक तथा सास्कृतिक व्यवस्थापन उपसमितिका संयोजक भविस श्रेष्ठले बताए । ‘वर्षिक ५ लाख पर्यटक त ताप्लेजुङको पाथीभरा मन्दिरमानै आउँछन्, अन्य धार्मीक तथा पर्यटकिय क्षेत्रमा पर्यटकलाई तान्न अलिकति मात्रै मिहेनत गरे २० लाख पनि एक वर्षमा ल्याउन सकिन्छ,’ उनले भने ।

Back to top button