
काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले बुधबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद गरेका छन्। न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको निर्णय सुनाएको हो।
जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार ढकाल दम्पत्तीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरुप न्यायाधीश कोइरालाको इजलासले सम्बन्ध विच्छेद गराइदिएको हो।
मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।