‘भारतले गर्यो पुल मर्मतको वहानामा पूर्वमा अघोषित नाकाबन्दी’

रि–रुट नगरिए केहि दिनमानै मोरङ–सुनसरी करिडोरका उद्योग बन्द हुने

विराटनगर । भारतले जोगबनी स्थित मिरगञ्जपुल मर्मतको बाहानामा नेपालको पूर्वी क्षेत्रमा नाकाबन्दी लगाउन खोजेको नेपाली उद्योगीले बताएका छन् । गत विहीबारबाट भारतले भत्किएको पुल मर्मत गर्ने भन्दै एक महिना सम्म ठुला कन्टेनर आवत जावतमा रोक लगाएको छ ।

सुरुमा ७ दिन बन्द हुने बताएको भारतले सोमबार मर्मतको काम एक महिना सम्म लम्बिने बताएपछि उद्योगीले शंका व्यक्त गरेका हुन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मिरगञ्ज पुल मर्मतको बहानामा नेपालकै दोस्रो ठुलो नाका बन्द गर्ने भारतले खोजेको भन्दै आपत्ती जनाए । ‘यो अघोषित बन्द जस्तै हो, सामान्य मर्मतका लागि पनि एक महिना सम्म लाग्ने भारतले बताएपछि मोरङ–सुनसरी करिडोरका उद्योगीको निद हराएको छ, उद्योग ठप्प हुने अवस्था भयो,’ मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने ।

पुल मर्मत गर्ने बताए पनि मर्मतमा २÷३ जना मात्रै मजदुर खटाउनु, अन्य नाका प्रयोग गर्न नदिनु र भारतको सबै स्थानमा उद्योगीको तर्फबाट प्रयास गर्दा समेत सकरात्मक जवाफ नआउनुले बहाना बनाएर अघोसित नाकाबन्दी गरेको प्रष्ट भएको अध्यक्ष मुन्दडाको तर्क छ ।

भारतीय दुताबासलाई ज्ञापन पत्र बुझाउने देखी विहारको सडक कार्यालयलाई समेत उद्योगीको तर्फबाट पत्र पठाउने र पुल निर्माण र मर्मतको काम चाँडो गर्न अग्रह गरेको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । ‘हामिले हाम्रो पहुँच पुग्ने सबै भारतका निकायमा पत्रचार गर्ने र ज्ञापन पत्र बुझाउँने काम गरेका छौँ, कतैबाट सुनुवाई भएन,’ अध्यक्ष घिमिरेले भने ।

२०७४ सालको बाढीले जोगबनी स्थित मिरगञ्जपुल भत्काउँदा विराटनगर नाका एक वर्ष बन्द भएको थियो । त्यसपछि पुन मर्मत गरेर सञ्चालनमा ल्याएपनि अहिले भारतले सँगै रहेको नयाँ पुलको काम पनि अघि नबढाउने र मर्मत समेत ढिला गरेर भार घटाउने तयारी गरेको छ । मर्मत सुरु गरेसँगै विराटनगर नाकाबाट आयात–निर्यात ठप्प छ ।

०७४ सालमा नाका बन्द हुँदा आठ महिना सम्म पूर्वको उद्योगीले सुनसरीको भीमनगर नाकाबाट रीरुट गरेर उद्योग चलाएका थिए । अहिले सो नाकाबाट रीरुट गरेर सामान ल्याउन भारतले दिएको छैन भने नेपालले पनि प्रयास गरेको छैन ।

Back to top button