‘सिद्धबाबा’को हिरासतनै अस्पताल, पुनः ३ दिन म्याद थप

विराटनगर । सिद्धबाबा नामले परिचत कृष्णबहादुर गिरीको हिरासतनै विराट नर्सिङ होम बनेको छ । उनले सर्वसाधारण बस्ने प्रहरीको हिरासतमा हाल सम्म बस्नु परेको छैन भने अदालतले अन्तिम पटक भन्दै थप गरेका तीन दिनको अवधि पनि गिरीले अब विराट नर्सिङ होमको भिआईपी क्याविनमानै बिताउने छन् ।

बलात्कार अभियोग लागेका गिरीलाई सोमबार पनि अदालतले सोमबार तीन दिनको म्याद थप गरेको छ । जिल्ला अदालत सुनसरीले यो पटकको म्याद थप अन्तिम भएको पनि जनाएको छ । सोमबार तीन दिनको म्याद थप गर्दै अदालतले अब सम्पुर्ण मिसिल अदालतमा बुझाउन सरकारी वकिल कार्यलयलाई निर्देशन समेत दिएको छ ।

प्रहरीले यस अघिनै सम्पुर्ण अनुसन्धान प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयलाई बुझाए पनि यस अघि ७ दिनको म्याद थप भएको थियो । सोमबार पनि अदालतले गिरीको म्याद थप गर्दै विराटनगरस्थित विराट नर्सिङ होममानै राखेर उपचार गराउन आदेश दिएको हो । गिरीलाई न्यायाधीश सिमानन्द भुसालले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् ।

आरोपित कृष्णबहादुर गिरी आफुमाथि बलात्कारको आरोप लाग्नसाथ उपचारका लागि भन्दै विराट नर्सिङ होम विराटनगरमा गत मंसिरबाटनै बस्दै आएका छन् । आफ्नै अनुयायी एक महिलामाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई नियन्त्रणमा लिइएको थियो । अदालतले गिरी माथि पहिलो पटक ७ दिन, दोस्रो पटक ४ दिन, तेस्रो पटक ३ दिन, चौथो पछिल्लो पटक ७ दिन र पाँचौं पटक ३ दिनको म्याद थप गरिसकेको छ ।

म्याद थप गर्न गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्समार्फत सुनसरी अदालत ल्याइएको पु¥याइन्छ र म्याद थपसँगै उनलाई फेरि बिराटनगर फर्काएर अस्पतालमा राख्ने गरीएको छ ।

Back to top button