‘भिजिट नेपाल २०२०’ नै विकास र समृद्धिको जग’ : मुख्यमन्त्री

मुख्यमन्त्री, मन्त्री, सचिव र सुरक्षा प्रमुखसँग छलफल

विराटनगर । मुख्यमन्त्री शेरधन राईले नेपालको विकास र समृद्धिको जगनै ‘भिजिट नेपाल २०२०’को सुरुवात भएको बताएका छन् ।

प्रदेश १ मा ‘भिजिट नेपाल २०२०’को उद्धघाटन तयारीका विषयमा प्रदेश १ स्तरीय पर्यटन प्रवद्र्धन समितिले मुख्यमन्त्रीको कार्यालयमा सोमाबार आयोजना गरेको छलफलमा बोल्दै मुख्यमन्त्री राईले २०२० सँगै नेपालमा विकास र समृद्धिमो सुरुवात हुने बताए । ‘यो नेपाल चिन्ने र चिनाउँने वर्ष हो, नेपालको महत्व नेपाली र विश्वले बुझे विकासले गति लिन्छ त्यसैले समृद्धिको सुरुवात भनेको हुँ,’ मुख्यमन्त्री राईले भने ।

उनले अहिले संभावना बोकेर पनि प्रदेश १ पर्यटनको विकासमा पछि परे पनि अबको दश वर्षमा प्रदेश १ एक नंबरमा आउँने दाबी समेत गरे । ‘विश्वमा परिचित सगरमाथा देखी नेपाल सरकारले छानेको सय गन्तव्य मध्ये १६ गन्तव्य प्रदेश १ मानै छ,’ मुख्यमन्त्री राइले भने –‘यसको विकास, प्रचार र पर्यटकको सत्कारमा प्रदेश सरकार लाग्छ, हेर्दै जानुस अबको १० वर्षमा प्रदेश १ नेपालकै एक नंबरको पर्यटकिय क्षेत्र बन्छ ।

भिजिट नेपाल २०२० सुरुवात मात्रै भएको बताउँदै मुख्यमन्त्री राईले यो केन्द्र सरकारले तय गरेको कार्यक्रम भए पनि प्रदेश सरकारले यस्ता कार्यक्रमलाई प्रत्येक वर्ष सञ्चालन गर्न योजना बनाएको बताए । ‘हामि जनवरी १ मा भिजिट नेपाल २०२० को उद्धघाटन गछौँ, त्यसपछि केहि दिनमानै प्रदेशको कुन स्थानमा के कार्यक्रम गर्ने योजना बनाउँछौ, २०२० मात्रै होइन प्रत्येक वर्ष पर्यटक भित्र्याउने योजना प्रदेश सरकारले बनाउँछ,’ उनले भने । मुख्यमन्त्री राईले पर्यटन विकास गर्न गुरुयोजनानै तयार गर्ने जानकारी दिए ।
उद्धघाटन भव्य बनाउने तयारी
दश हजार नागरिकको सहभागितामा हेलिकोप्टरबाट पुष्प बृष्टि, बेलुन र ड्रोनबाट झण्डोतोलन सहितका कार्यक्रम राखेर प्रदेश १ मा भ्रमण वर्षको उद्धघाटन गर्ने तयारी गरिएको छ ।

सोमबार मुख्यमन्त्रीको उपस्थितिमा मन्त्री, सुरक्षा निकायका प्रमुख र सचिव सहितको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्धघाटन कार्यक्रमलाई भव्य बनाउन गरिएका योजना सार्वजनिक गरिएको छ ।

मुलसमारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले सार्वजनिक गरेको खाकामा हेलिकोप्टरबाट पुष्प बृष्टि सँगै बेलुन र ड्रोनबाट झण्डोतोलन गर्ने, विभिन्न झाँकि प्रदर्शन गर्ने विभिन्न विषेश व्यक्तिको संबोधनका साथै बृत्त चित्र प्रस्तुत गर्ने उल्लेख छ ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले महोत्सवलाई भव्य बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए ।

Back to top button