Trending

यसरी बन्छ ताप्लेजुङमा चौंरी गाईको दुधबाट छुर्पी (भिडियो)

ताप्लेजुङ । छुर्पी सुकेको पनीर अथवा चीजको एउटा प्रकार हो । ताप्लेजुङमा उत्पादित छुर्पी विश्वमानै प्रख्यात छ । शेर्पाहरू छुर्पीलाई शेर्कम भन्ने गर्छन ।

छुर्पीलाई भूटानमा जोंग्खा भाषामा दुरुकोवा वा दुरुखो भन्छन् । छुर्पी याक वा चौरी गाईको दुधबाट बनाईने गरिन्छ । यसलाई बनाउन अलिक मुश्किल हुन्छ । यसलाई स्थानिय डेरी वा घरमा तयार गरिन्छ ।

यो दुध फटाएर महिबाट निकालेको कुरौनीले तयार गरिन्छ जस्लाई सर्जम भनिन्छ । सर्जमलाई जुटको झोलामा बेरेर कस्सेर थिचेर पानी निचोरेर बनाईने गरिन्छ । त्यस पछि यसलाई सुकाएर पनीर जस्तै बनाईन्छ अन्तिममा यसलाई स–साना टुकडाहरूमा काटेर चुलोमाथि झुंडायेर सुकाईने चलन छ ।

(भिडियोमा हेरौँ ताप्लेजुङमा चौरी गाईको दुधबाट बनाएको छुर्पी)

Back to top button