आहा ! पाथीभराबाट आँखै अघि देखिने हिमाल (फोटो फिचर)

ताप्लेजुङ । ताप्लेजुङमा छ प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर । पाथीभरा मन्दिरको दर्शन नेपालका हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो । हिमालको काखमा रहेको यो मन्दिरमा पुगेर मनोकांक्षा पुरा गराउने मात्रै होइन, यस क्षेत्रबाट टल्किएका हिमाल हेरेर रमाउन पनि सकिन्छ ।

वरिपरि हिमाल, बीचमा पाथीजस्तो थुम्को भएरनै यसलाई पाथीभरा भनिएको हुनुपर्छ । जनविश्वास पनि यस्तै छ । पूर्वको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिर नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि चर्चित छ । यो मन्दिरमा बर्षेनी नेपाल तथा भारतबाट एक लाख बढी भक्तजनहरुका दर्शन गर्न आउँछन् ।

समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यो मन्दिर पुस माघमा हिउँले सेताम्य हुन्छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न सकिन्छ पाथीभरा मन्दिरबाट । यहाँबाट कुम्भकर्ण हिमाल पनि देखिन्छ । पाथीभरा मन्दिरबाट ८ हजार मिटरभन्दा अग्लो अर्को मकाल हिमालु पनि देख्न सकिन्छ । यो समय मौसम सफा हुने भएकाले पनि हिमाल हेर्नलाई उपयुक्त मौसम मानिन्छ ।

तस्वीरहरु : EST NEPAL

Back to top button