प्रदेश १ : भ्रमण वर्ष सफल पार्न सरोकारवाला सँग छलफल

विराटनगर । पर्यटन वर्ष २०२० लाई सफल बनाउन गठित पर्यटन प्रवद्र्धन समितिले शुक्रबार बिभिन्न सरोकारवाला निकायका पदाधिकारी सँग छलफल गरेको छ ।

भिजिट नेपाल २०२० को उद्धघाटन समारोहलाई भव्य बनाउनको साथै प्रदेश १ को पर्यटकिय क्षेत्र सम्म पर्यटक पु¥याउन खेल्ने भुमिकाका विषयमा प्रदेश १ का संसद, विषयगत समितिका पदाधीकारी, विद्यार्थी र यातायात व्यवसायी सँग छलफल भएको हो ।

मुल समारोह व्यवस्थापन समिति संयोजक फणिन्द्र अधिकारीको अध्यक्षता तथा मन्त्रालयका सचिव सञ्जिव कुमार राई र प्रचारप्रसार उपसमिति संयोजक पुण्यप्रसाद भट्टराईको उपस्थितिमा भएको छलफलमा सबैले आआफ्नो स्थानबाट भ्रमण वर्ष सफल बनाउन लाग्ने निर्णय भएको बताइएको छ ।

मुल समारोह व्यवस्थापन समिति संयोजक फणिन्द्र अधिकारीका अनुसार संसदसँग प्रत्येक जिल्लामा पर्यटन वर्ष केन्द्रित गतिबिधि गराउन पहल गर्ने, आआफ्नो क्षेत्रबाट प्रचार प्रसारमा सक्रिय रहने विषयमा छलफल भएको छ ।

यस्तै विद्यार्थी संगठनका पदाधिकारी सँग विद्यार्थी र अभिभावकलाई पर्यटन वर्षका विषयमा प्रचार गर्ने र उद्धघाटन सँगै बिभिन्न समयमा हुने पर्यटन प्रवद्र्धनका कार्यक्रममा सहभागिता जनाउने निर्णय भएको संयोजक अधिकारीले बताए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शुक्रबार फरक फरक समयमा भएको छलफलमा सहभागीले समय कम भए पनि आ–आफ्ना क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए ।

नेपाल भ्रमण वर्षमा प्रदेश नम्बर १ ले मात्रै पाँच लाख पर्यटक आफ्नो प्रदेशमा भित्र्याउने लक्ष राखेको छ । संघीय सरकारले घोषणा गरेको १०० वटा नयाँ गन्तव्यमध्ये १६ वटा प्रदेश १ मानै रहेकाले अहिलेबाटनै सबै लागे भ्रमण वर्ष सफल हुनेमा दुईमत नहुँने सचिव राईले बताए ।

Back to top button