जाडोमा तातो खोज्दै पूर्वराजा ज्ञानेन्द्र पुगे झापा

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलका साथ काठमाडौंको हिउँदे चिसो छल्न बुधबार झापा आइपुगेका छन्। परापूर्व कालदेखि नै वर्षैपिच्छे हिउँदको समयमा पूर्वराज परिवार आफ्नै स्वामित्वमा रहेको प्रधानमन्त्रीको गृहनगर दमकस्थित हिमालयन चिया बगानमा अवस्थित घरमा आउने गरेका छन्।

बुधबार झापाको चन्द्रगढी विमानस्थलमा सयौँको संख्यामा रहेका शुभचिन्तकहरुले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत सम्मान गरेका थिए। ज्ञानेन्द्रले झापा मात्र नभइ मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ्गलगायतका जिल्लादेखि आएका कार्यकर्ता तथा शुभेच्छुकहरुका हातबाट फूलका गुच्छा लिन र खबर सोध्नसमेत भ्याएका थिए।

२ महिने बसाइका लागि झापा आएका ज्ञानेन्द्रले पूर्वी नेपालमा रहेका धार्मिक क्षेत्रहरुमा पुगेर पुजाअर्चना गर्ने र राजसंस्थासँग आस्था भएका आफ्ना कार्यकर्तालाई पनि भेट्ने कार्यक्रम रहेको झापाका राजा समर्थक चेतनाथ थापाले बताए। थापाका अनुसार २ महिने बसाइमा पूर्व राजपरिवारको स्वामित्वमा रहेका व्यवसायहरुमा पनि ज्ञानेन्द्रले रेखदेख गर्नेछन्।

Back to top button