
विराटनगर । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले भिजिट नेपाल २०२० सफल बनाउनेमा ५० प्रतिशत भुमिका नेपालका फोटो पत्रकारको रहेको बताएका छन् ।
विराटनगरमा नेपाल फोटो पत्रकार महाँसघको प्रथम केन्द्रय महाधिवेशन उद्धघाटन समारोहलाई विहिबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले फोटो मार्फत विश्वमा नेपाललाई चिनाउन फोटो पत्रकारको महत्वपुर्ण भुमिका रहने बताए ।
महाधिबेशनको मुख्यमन्त्री राईले दिप प्रज्वलनको साथै क्यामराबाट फोटो खिच्दै उद्धघाटन गरेका छन् । विहिबारबाट सुरु महाधिबेसनले नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिबेशनमा देशभरका एक सय बढी फोटो पत्रकार सहभागी छन् ।
(मुख्यमन्त्री शेरधन राई संबोधन गर्दै)