Trending

‘पाथीभरा क्याम्पसमा आर्थिक अनियमितता, १५० उठाउँने, लाखौँ हराउँने !’

क्याम्पस प्रशासनमा विद्यार्थीले लगाए तालाबन्दी

फुङ्लिङ समाचारदाता । ताप्लेजुङ
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको प्रमुख र प्रशासन कक्षमा विद्यार्थीले तालाबन्दी गरेका छन् । क्याम्पसमा चरम आर्थिक अपारदर्शीता देखिएको र विद्यार्थी माथि अनावश्यक रूपमा ३० प्रतिशत सुल्क बृद्धि गरेको विरोधमा सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार तालाबन्दी गरेका हुन् ।

क्याम्पसको विकासका लागि विभिन्न निकायबाट आउने अनुदानको दुरुपयोग गर्ने, खर्च विवरण सार्वजनिक नगर्ने र क्याम्पस सञ्चालनका लागि भन्दै विद्यार्थी माथि आर्थिक भार थोपर्ने क्रम बढेकाले बाध्य भएर विद्यार्थी आन्दोलित हुनुपरेको अनेरास्ववियुको पाथीभरा बहुमुखी क्याम्पसका संयोजक छत्र गुरुङले बताए । ‘क्याम्पसमा मनोमानी छ, विद्यार्थीले तिनुपर्ने शुल्कमा अनावश्यक रूपमा ३० प्रतिशत वृद्धि गरिएको छ भने आर्थिक अपारदर्शीता मौलाएको छ,’ गुरुङले भने ।

विहीबार प्रमुख र प्रशासन कक्षमा तालाबन्दि गर्नु अघि विद्यार्थीले सञ्चालक समिति अध्यक्ष र क्याम्पस प्रमुखको विरोधमा नारा समेत लगाएका थिए । उनिहरुले अध्यक्ष गजेन्द्र तुम्मेहाङ् र क्याम्पस प्रमुख मोहन कुमार राई क्याम्पस सञ्चालन गर्न असक्षम भएको भन्दै उनिहरुको राजिनामा माग समेत गरे ।

क्याम्पसमा हुने गतिबिधिमा विद्यार्थीलाई बाईपास गर्नुका साथै लोखामा चरम भ्रष्टाचार र अपारदर्शीता रहेको बिद्यार्थीको दाबी छ । विद्यार्थीबाट उठेको सुल्क देखि कर्मचारीलाई दिएको पारिश्रमिक÷तलब र खर्चको विवरण नै क्याम्पसमा नभेटिने गरेको क्याम्पसकै एक कर्मचारीले नाम नबताउने सर्तमा जानकारी दिए । ‘देख्दा राम्रो मात्रै हो, भित्र क्याम्पस खोक्रो बनिसक्यो, लेखा डामाडोल छ, कहाँबाट कति रकम आयो र गयो समेत लेखामा भेटिदैन,’ ती कर्मचारीले इएसटी नेपाललाई बताए ।

क्याम्पसमा हुने हरेक निर्णयमा विद्यार्थीलाई समेत सामेल गराउनु पर्नेमा हाल यो क्याम्पसमा यस्तो छैन । विद्यार्थीले बारम्बार चरणबद्ध आन्दोलन गर्दा समेत क्याम्पस सञ्चालक समिति र प्रशासनले विद्यार्थीको मागलाई वेवास्था गरेको विद्यार्थी बताउँछन् ।
क्याम्पसका विद्यार्थीले यसअघि माग सम्बोधनको पक्षमा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी जिल्ला प्रसाशन कार्यालय, जिल्ला समन्वय समिति र फुङ्लिङ नगरपालिको ऐक्यवद्धता पत्र समेत बुझाएका थिए । तर, क्याम्पस प्रशासनले कुनै चासो नदिएको एक विद्यार्थीले बताए ।

अनुदान रकम र भवन निर्माणमा चरम अनियमितता
पाथीभरा बहुमुखि क्याम्पसमा स्थानिय तह सँगै टीयूबाट विभिन्न समयमा ठुलो रकम अनुदान बापत आईरहेको छ । तीनै अनुदान बापतको रकमबाट भवन निर्माण गर्ने, मर्मत गर्ने र अन्य कृयाकलाप क्याम्पसमा हुन्छन् । तर, तीनै अनुदान रकममा व्यापक अनियमितता भेटिएको छ ।

फुङ्लिङ नगरपालिकाले क्याम्पसको भवन निर्माणका लागि भन्दै दिएको २५ लाख रुपैयाँमा समेत सञ्चालक समिति र क्याम्पस प्रशासनले चलखेल गरेका छन् । उपभोक्ता समिति मार्फत गर्नुपर्ने काममा समितिकै सदस्य उपभोत्ता समितिमा रहेर ठेकेदारलाई २५ लाख दिनुपर्नेमा २० लाख मात्रै रकम दिएको स्वयम ठेकेदार बताउँछन् । ‘मलाई २० लाख रुपैयाँ मात्रै दिए, बाँकी क्याम्पसलाई चाहिन्छ भने, म नै समस्यामा परेको छु,’ भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी सुरज मादेन बताउँछन् ।

भवन निर्माणमा समेत सञ्चालक समितिकै चलखेलमा ठेकेदारलाई ५ लाख रुपैयाँ कम दिएर सो रकम कहाँ पु¥यो सबै अनविज्ञता जनाउँछन् । ‘यो त एउटा नमुना मात्रै हो सर, त्यस्तो दुरुपयोग त, क्याम्पसमा आएको सबै अनुदान रकममा भएको छ, अख्तियार आयो भने अख्तियारनै छक्क पर्छ,’ क्याम्पसका एक कर्मचारीले भने । पाथीभरा क्याम्पसले समयमा लेखा परिक्षण समेत नगर्ने गरेको र अहिले विद्यार्थीले आन्दोलन गर्न थालेपछि मात्रै विवरण संकलनमा लेखाका कर्मचारी, क्याम्पस प्रमुख र समितिका पदाधिकारीले ठाडो कान लगाएका छन् ।

क्याम्पसको सुधारका लागि भन्दै कही वर्ष अघि लगाएको पुराणबाट संकलित रकमको समेत सार्वजनिक गर्न क्याम्पस प्रशासन र समितिले सकेको छैन । पुराणबाट उठेको रकममा समेत व्यापाक अनियमितता भएको आशंका विद्यार्थीको छ ।

Back to top button