‘विप्लव’का जिल्ला सेक्रेटरी पक्राउ

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा उदयपुरका जिल्ला सेक्रेटरी सहित दुई जना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको कटारी नगरपालिका १३ रिस्कु स्थित धापडबाट जिल्ला सेक्रेटरी सुरेन्द्र थापा र जिल्ला कमिटी सदस्य भोजपुरको षडानन्द गाउँपालिका १३ बोयाका दिपेस राई भनिने देवान चाम्लीङ्गलाई मंगलबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले बताए ।

पक्रउ परेका उनीहरुको साथबाट चन्दा संकलनमा प्रयोग गरीएको रसिद, ३२ हजार नगद, ८ थान मोवाइल र मोवाइलमा प्रयोग गरीने ३० भन्दा बढी सिमहरु बरामद गरीएको एसपी बुढा मगरले बताए । पक्राउ परेका दुबैलाई हिरासतमा राखेर अनुसन्धान भैरहेको उनले बताए ।

Back to top button